Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • ८ दिनदेखि बेपत्ता महिलाको शव भेटियो, श्रीमान पक्राउ

    ८ दिनदेखि बेपत्ता महिलाको शव भेटियो, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 525
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषाको महेन्द्रनगरबाट आठ दिनअघि बेपत्ता एक महिलाको शव फेला परेको छ ।

    क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा शनिबार भेटिएको हो ।



    मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।



    रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।

    गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए ।

    रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

    उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार