Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी संञ्चालकसहित चार जना पक्राउ

    लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी संञ्चालकसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 531
    SHARES

    काठमाडौं । प्रहरीले औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले फार्मेसी सञ्चालकसहित चार जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।



    पक्राउ परेकामध्ये बिनिता फार्मेसी सञ्चालक रहेको प्रहरीले जनाएको छ । बिनिताको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

    प्रहरी प्रभाग कोटेश्वरले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–३ घर भएका २६ वर्षीय दीपेन्द्र ओलीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

    उनको कोठाबाट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट औषधिजन्य लागूऔषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार