एजेन्सी । चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई सुधार गर्न लागिपरेको बताएका छन् ।
चीन–अस्ट्रेलियाबीच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा अस्ट्रेलियाको भ्रमण गर्ने ली उच्च पदस्थ चिनियाँ अधिकारी हुन् ।
लीको चार दिने भ्रमणले प्रमुख अस्ट्रेलियाली निर्यातको श्रृङ्खलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीनको अस्ट्रेलियासँगको व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ ।
चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आफ्नो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो ।
सन् २०२३ मा दुईतर्फी व्यापार ३२७ अर्ब अस्ट्रेलियन लियन डलर (२१६ अर्ब डलर) पुगेको थियो । सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँगको कूटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाइका मासुकासाथै वाइनको निर्यातमा समस्या भएको थियो ।
ती प्रतिबन्धहरूले अस्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अस्ट्रेलियाली डलर (१३ अर्ब अमेरिकी डलर) घाटा लागेको थियो ।
सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानेजको सरकारले सत्ता सम्हालेपछि र चीनप्रति नरम कूटनीतिक दृष्टिकोण अपनाएपछि क्रमशः ती बस्तुमा लगाइएको अतिरिक्त शुल्क हटाइएको छ ।
Leave a Reply