Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मेयर बालेनको चेतावनी – नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

    मेयर बालेनको चेतावनी – नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 594
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले नगरसभा स्थगित भएपछि सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

    वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर बालेन आक्रोशित बनेका हुन् ।



    मेयर साहले ३ नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताए। काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा नहुने उनको भनाइ छ ।



    मेयर बालेनले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिए। मेयर बालेनले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

    तर एमाले र कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।

    मेयर बालेनले भनेका छन्, ‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।’

    मेयर बालेनले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताए ।

    काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार