Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा

    अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 507
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।

    १८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।



    मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९ रन बनाए । डेविड वार्नर १, मिचेल मार्श ८, ग्लेन म्याक्सवेल ११ रनमा आउट हुँदा टिम डेविड ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा नटआउट रहे ।



    स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।

    ब्राड ह्वीलले १ विकेट लिए । त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

    अष्ट्रेलियाको जितसँगै समूह ‘बी’बाट इंग्ल्याण्डले स्कटल्याण्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।

    अष्ट्रेलिया समूह ‘बी’बाट ४ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । इंग्ल्याण्ड र स्कटल्याण्ड दुबैको ४ खेलमा ५–५ अंक रह्यो । तर स्कटल्याण्डको नेटरनेट ३.६११ रहँदा स्कटल्यान्डको १.२५५ रह्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार