Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सहिद रीतबहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत : प्रधानमन्त्री प्रचण्ड

    सहिद रीतबहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 543
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत रहेको बताएका छन् ।

    सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आइतबार नेकपा ९माओवादी केन्द्र०को प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो जीवनकालमा खड्काले उल्लेखनीय प्रगति गरेको बताए ।



    “रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री प्रचण्डले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।”



    सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार