Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रहरीमा लेखापाल सरुवामा आर्थिक चलखेल, अवकाश हुनै लागेका डीएसपीलाई जिम्मा

    प्रहरीमा लेखापाल सरुवामा आर्थिक चलखेल, अवकाश हुनै लागेका डीएसपीलाई जिम्मा

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 12.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाका डीएसपी विजय कुँवरलाई भेट्न लेखापालहरुको भीड लाग्ने गरेको छ ।

    यही असार १४ गते अवकाश हुन लागेका डीएसपी कुँवरको १३ दिन मात्र जागिर बाँकी छ । १३ दिन जागिर बाँकी भएका डीएसपी कुँवरले यहीबीचमा लेखापालको सरुवा सूची तयार गर्न लागेका छन् ।



    राम्रा जिल्ला सरुवा हुन र २ वर्ष पुगेकाहरू थमौती हुनका लागि डीएसपी कुँवरकोमा लेखापालहरुको लाइन लाग्ने गरेको हो । अवकाशको मुखमा रहेका उनलाई आर्थिक लेनदेनका आधारमा लेखापालहरुको सरुवा र थमौतीको सूची तयार गर्न भ्याईनभ्याई छ । लेखाका असई सईहरु कुँवरको बुद्धनगरमा रहेको घरमा समेत जाने गरेका छन् ।



    मैले तयार गरेको सूची अनुसार प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी टेकप्रसाद राई र आईजीपी बसन्तबहादुर कुँवरले आफूलाई जिम्मा दिएको भनेर भन्दै उनले लेखापाल सरुवामा आर्थिक संकलन गरिरहेको स्रोत बताउँछ ।

    अवकाशको मुखमा कूस्त आर्थिक संकलनका लागि कुँवर कोशी प्रदेशको निरीक्षणमा गएका थिए । घर जाने बेलामा विभागले लेखापरीक्षण हेर्ने गरी प्रदेश प्रदेशमा जान उनलाई स्वीकृति नदिनुपर्नेमा दिएको छ । सरुवामा मात्र नभएर लेखा परीक्षणका क्रममा यो वा त्यो कमजोरी देखाएर असुली गर्ने छुट उनलाई दिइएको छ ।

    कुँवर असईदेखि नै लेखा समूहमा कार्यरत रहेका प्रहरी अधिकृत हुन् । लेखा अधिकृत भएपछि उनी प्रहरी एकेडेमीमा सरुवा भएका थिए । एकेडेमीमा हुँदै उनी डीएसपी बढुवा भएका थिए । डीएसपी भएपछि उनको सरुवा प्रहरी प्रधान कार्यालय आलेपमा भयो ।

    एकेडेमीमा बजेट भन्दा बढी खर्च भएपछि नयाँ सरुवा भएका इन्स्पेक्टर दीपेन्द्र भट्टले हिसाब बुझ्न मानेनन् । कुँवरले शक्तिकेन्द्रबाट दबाब दिने क्रम जारी राखे । भट्ट पनि पहुँचवाला अधिकृत भएकाले उनले हिसाबकिताब प्रष्ट नभएसम्म नबुझ्ने अडानमा बसे । तत्कालीन आईजीपी धिरजप्रताप सिंहसम्म कुरा पुग्यो ।

    कुँवरको हिसाबकिताब गडबडीको विषयमा छानबिन नै हुने तहसम्म पुगेपछि उनी कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाकोमा पुगे । भानुले त्यो बेलाका आईजीपी सिंहलाई भनेर मिलाउन लगाएपछि कुँवर आलेपमा आएका थिए ।

    त्यसो त उनी एकेडेमीको निर्माणमा कालोसूचीमा परेको क्षमादेवी कन्स्ट्रक्सनसँग १५ प्रतिशत मागेको विषयमा पनि विवादमा परेका थिए । उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकूत सम्पत्तिमा छानबिनको माग गर्दै उजुरी पनि परेको छ । कुँवरले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको छानबिन गरी पाउँ भन्दै उजुरी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार