Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • युरोकप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डको विजयी सुरुवात

    युरोकप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डको विजयी सुरुवात

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 1K
    SHARES

    एजेन्सी । युरोकप फुटबलमा स्पेन, इटाली र स्वीट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् ।

    गएराति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले, इटालीले अल्वानियालाई २–१ गोलले र हिजो बेलुका भएको खेलमा स्वीट्जरल्यान्डले हङ्गेरीलाई ३–१ ले गोलले हराएको हो ।



    जितसँगै समूह ‘ए’ को स्वीट्जरल्यान्डको तीन अङ्क भएको छ । यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।



    उसको पनि तीन अङ्क नै रहेको छ । त्यस्तै समूह ‘बी’ का स्पेन साविक विजेता इटालीको पनि समान तीन अङ्क भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार