काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई पराजित गरेको छ ।
गएराति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भएको हो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न हिजोको खेल जित्नैपर्ने दबाब थियो ।
समूह ुबीु मा रहेको इंग्ल्यान्डको चार खेलमा पाँच अङ्क भएको छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा छ अङ्कसहित सुपर आठमा पुगिसकेको छ । अब इंग्ल्यान्डले सुपर आठमा पुग्न स्कटल्यान्ड र अस्ट्रेलियाबीचको खेल कुनुपर्नेछ ।
तीन खेलमा समान पाँच अङ्ककका साथ स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्यान्डले अन्तिम आठमा पुग्न अस्ट्रेलियालाई हराउनुपर्ने हुन्छ । स्कटल्यान्ड पराजित हुँदा नेट रन रेटका आधारमा इंग्ल्यान्ड सुपर आठमा पुग्नेछ ।
Leave a Reply