काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको हो ।
महाशाखाका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो । जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो ।
काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम वि.स. २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन भएकव थियो ।
पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको बताइएको छ ।
Leave a Reply