Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आइटी क्षेत्रमा ५ वर्षसम्म करका नीतिहरूमा परिवर्तन गर्दैनौं : अर्थमन्त्री पुन

    आइटी क्षेत्रमा ५ वर्षसम्म करका नीतिहरूमा परिवर्तन गर्दैनौं : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 480
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आइटीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन नगर्ने बताएका छन्।

    ललितपुरमा सुरू भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।



    अर्थमन्त्री पुनले भने,‘हामी ५ वर्षसम्म यस क्षेत्रको कुनैपनि करका नीतिहरूमा परिवर्तन गर्दैनौं भनेका छौं। काठमाडौंमा एउटा आइटी हब नै बनाउँछौं। त्यसका लागि केही ठाउँहरू हेरिएको छ।’



    उनले नेपालका लागि आइटी क्षेत्र प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र भएकाले अब फड्को मार्नुपर्ने बताए।

    गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा वा उत्पादन निर्यात भएको छ भने यो वर्ष १ खर्ब नाघ्ने अनुमान देखिएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार