Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या प्रकरण : अनुसन्धानका लागि दुईजना पक्राउ

    क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या प्रकरण : अनुसन्धानका लागि दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बारा । बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरेको आशंकामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको छ । सोही घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले कुशवाहामाथि गोली प्रहार गरी भागेका थिए ।



    कुशवाहाको पिठ्युँमा गोली लागेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार