Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्छ : गृहमन्त्री लामिछाने

    ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 591
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने गृहमन्त्री लामिछानेले बताए ।



    गृहमन्त्री लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी लिए ।

    गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको बताए ।

    युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने गृहमन्त्री लामिछानेको भनाई छ ।

    गृहमन्त्री लामिछानेले भने, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’

    ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने गृहमन्त्री लामिछानेले बताए ।

    ट्राफिक नियम मिच्नेलाई छुट दिन नुहने भन्दै गृहमन्त्री लामिछाने भने,’एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ । त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस् ।’

    फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवं बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्ने गृहमन्त्री लामिछानेले बताए।

    प्रतिकूल अवस्थाका वावजूद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको गृहमन्त्री लामिछानेले बताए ।

    कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताए ।

    ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम पानी नभनि विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने गृहसचिव अर्यालले बताए ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराई,वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित ट्राफिक प्रहरी युनिटका कार्यालय प्रमुखहरू लगायत प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार