काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘क्रिप्टो माइनिङ’ मा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा क्रिप्टोको माइनिङ गरेको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका -१ बस्ने ४० वर्षीय विश्वास गुरूङ र भक्तपुर नगरपालिका-७ बस्ने २५ वर्षीय राजेन्द्र ताहामता छन्।
उनीहरुलाई क्रिप्टो माइनिङ गरिरहेको भन्ने सूचनाको आधारमा सीआईबीको टोलीले बुधबार सानोठिमीबाट पक्राउ गरेको हो ।
सीआईबीले सिटिइभिटीको भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरूको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरहरूमा क्रिप्टो माइनिङ एप्लिकेशन संचालनमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
Leave a Reply