काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री शर्मा र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो।
भेटमा सञ्चारमन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गरेकी थिइन् ।
सञ्चारमन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरिन् ।
Leave a Reply