Online Nepal
  • आइतबार, २० असोज २०८१
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य तेस्रोपटक नियुक्त

    लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य तेस्रोपटक नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 516
    SHARES

    काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.तिलकराम आचार्य नियुक्त भएका छन् ।

    विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक आचार्य तेस्रोपटक नियुक्त भएका हुन् । विश्वविद्यालयले रजिस्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो ।



    खुला प्रतिस्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गरेका थिए ।



    प्रधानमन्त्री प्रचण्डले आचार्यलाई शुक्रबार बिहान नियुक्तिपत्र प्रदान गरेका हुन् ।

    रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध श्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार