Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जिल्ला न्यायाधीशका लागि ४३ जनाको कोटा, पास भए आठजना मात्रै !

    जिल्ला न्यायाधीशका लागि ४३ जनाको कोटा, पास भए आठजना मात्रै !

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 813
    SHARES

    काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

    लोक सेवा आयोगले ०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा २०३ जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जनामात्र लिखित परीक्षामा उत्तीर्ण भएका हुन् ।



    खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण भएका छन् । आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चारजना भए । आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण भएका छन् ।



    न्याय सेवा आयोगको आज बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ ।

    आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेसी दुई, दलित एक र अपाङ्ग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार