Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रेग्मी सहन्यायाधिवक्तामा बढुवा, न्याय सेवाका १५१ अधिकृतको सरुवा [सूचीसहित]

    रेग्मी सहन्यायाधिवक्तामा बढुवा, न्याय सेवाका १५१ अधिकृतको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 780
    SHARES

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ ।

    न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका अधिकृतहरूको सरुवा तथा बढुवा गरेको हो ।



    बैठकले उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा सरुवा गरेको छ ।



    त्यस्तै वीरगञ्जको उच्च सरकारी वकिल कार्यालयमा राजविराजका उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीलाई सरुवा गरेको छ ।

    यस्तै बैठकले सरकारी वकिल समूहमा अशोकराज रेग्मीलाई सहन्यायाधिवक्तामा बढुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार