स्याङ्जा । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले शिक्षा नीति संशोधन गरेर स्नातक तहलाई ३ वर्षे बनाउनुपर्ने बताएका छन् ।
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चार वर्षे स्नातक तह पाठ्यक्रमका कारण विद्यार्थी विदेश पलायन मध्ये एउटा कारण भएको बताए ।
शिक्षा, मानविकी तथा सामाजिक विज्ञान विषयमा स्नातक तह ४ वर्षे बनाइँदा विद्यार्थीले लामो समयको बोझ ठान्दै अध्ययनका बहानामा विदेश पलायनको बाटो रोजेको उनको दाबी छ ।
Leave a Reply