Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • गरिबी निवारण मन्त्रालयसँग गरिबकै लागि योजना छैन : प्रभु साह

    गरिबी निवारण मन्त्रालयसँग गरिबकै लागि योजना छैन : प्रभु साह

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 420
    SHARES

    काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना नदेखिएको बताएका छन् ।

    प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।



    सांसद साहले जुन मन्त्रालयले जे काम गर्नुपर्ने हो, बजेटमा त्यो काम नदेखिएको टिप्पणी गरे ।



    सांसद साहले भने,‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ? सरकारी मन्त्रालयको बजेट त आयो । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’

    यस्तै अवस्था स्वास्थ्य मन्त्रालयको पनि बजेट रहेको सांसद साहको भनाइ छ ।

    स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको बताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार