Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काठमाडौं महानगरलाई उच्च अदालतको आदेश – स्कुलका सटरहरु तत्काल बन्द नगराउनू

    काठमाडौं महानगरलाई उच्च अदालतको आदेश – स्कुलका सटरहरु तत्काल बन्द नगराउनू

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 513
    SHARES

    काठमाडौं। उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटर गराउने काम नगर्न आदेश दिएको छ।

    न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेका हुन् ।



    काठमाडौं महानगरपालिकाले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेको थियो ।



    शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा भाडामा लगाएको भन्दै महानगरपालिकाले सटरहरुमा ताला लगाएको हो ।

    महानगरले व्यवसायीहरुका सटरमा ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

    उच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ ।

    आइतबारदेखि महानगरले विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको छ।

    काठमाडौं महानगरपालिकाको शिक्षा विभागले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार