Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चक्कु प्रहारबाट घाइते भएका खड्काको मृत्यु, संलग्न दुई जना पक्राउ

    चक्कु प्रहारबाट घाइते भएका खड्काको मृत्यु, संलग्न दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 903
    SHARES

    फाइल तस्विर

    दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।

    दाङको तुलसीपुर उपमहानगरपालिका-४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो।



    उनलाई उपचारका लागि भारतको लखनउमा लगिएको थियो । उनको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगर-४ गोटीखोलाका २१ वर्षीय पदम केसीले खड्कामाथि ढाडमा चक्कु प्रहार गरेका थिए।

    घाइते खड्कालाई उपचारका लागि राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो।

    चक्कु प्रहार घटनामा संलग्न पदमका साथै १८ वर्षीय मक्लु वली पनि पक्राउ परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार