Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

    रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 708
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्लाको बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे लु २ च ८५३१ नम्बरको कार दुर्घना हुँदा तीन जनाको मृत्यु भएको हो ।



    दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शर्मा चालक हुन् ।



    दुर्घटनामा दुईजना घाइते भएका छन् । बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् ।

    घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कार अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार