Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • के भीम रावल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ?

    के भीम रावल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ?

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 2K
    SHARES

    अछाम । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष डा. भीम रावलले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको स्पष्ट पारेका छन् ।

    कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका रावलले सो कुरा स्पष्ट पारेका हुन् ।



    एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै उनले नेकपा (एकीकृत समाजवादी) वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताए ।



    उनले भने ‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पाद भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी प्रवेश बेकारको हल्ला हो । त्यस्तो अहिले त्यस्तो कुनै सोच छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार