एजेन्सी। प्रभास स्टारर प्रतिक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ।
नाग अश्विन निर्देशित फिल्मलाई भीएफएक्सले भरिपूर्ण बनाइएको छ । भिजुअल इफेक्टको अत्यधिक प्रयोग ट्रेलरमा प्रस्ट देखिन्छ।
फिल्ममा दीपिका पादुकोण पदमा नामकी गर्भवती महिलाको भूमिकामा छिन्, जो आफ्नो बच्चालाई बचाउन संघर्ष गरिरहेको देखिन्छ।
अन्धकार र उज्यालोको संघर्ष देखाइएको कथामा भैरवको रूपमा प्रभास देखिएका छन्।
अभिनेता शाश्वत चटर्जीले कमाण्डर मानसको भूमिका निर्वाह गरेका छन्, जो अन्धकारको संसारको राजा हुन् ।
ट्रेलरमा प्रभासको क्यारेक्टर निकै बलियो देखाइएको छ।
Leave a Reply