Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको निर्देशन कर्मचारीले नै टेर्दैनन् : सीके राउत

    प्रधानमन्त्री प्रचण्डको निर्देशन कर्मचारीले नै टेर्दैनन् : सीके राउत

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 546
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन कर्मचारीले नै नमान्ने अवस्था रहेको बताएका छन्।

    बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।



    अध्यक्ष राउतले १० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको दाबी गरे ।



    अध्यक्ष राउतले भने,‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्‍यो । राजनीतिक र सामाजिक धेरै परिवर्तन आए । क्रान्तिको नेतृत्व गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन् । मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा टेर्दैनन् । त्यस्तो अवस्था छ, राज्य संयन्त्रको । त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ ।’

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकृतिसमेत बढेको अध्यक्ष राउतको भनाइ छ।

    विकृति हटाउन अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद् हुनुपर्नेमा राउतले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार