काठमाडौं । गिरीबन्धु टी-इस्टेटका अध्यक्ष छत्र गिरीले स्थानीयस्तरमा निरन्तर दबाब आएपछि चिया बगान सार्ने निर्णय गरेको बताएका छन् ।
झापामा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष गिरीलेराजनीतिक दलका प्रतिनिधहरूको रोहबरमा चिया बगान सार्ने निर्णय गरेको बताएका हुन् ।
गिरीबन्धुबारे सात बुँदे स्पष्टीकरण सार्वजनिक गर्दै अध्यक्ष गिरीले भनेका छन्, ‘चिया बगान हटाउन निरन्तर जन दबाव आएको र स्थानीय जनताहरुसहित राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु समेतको रोहबरमा छलफल हुँदा चिया बयान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयक्त हुने टुंगोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी जग्गा सट्टापट्टाको लागि निवेदन गरिएको हो ।’
गिरीले गिरीबन्धु टिस्टेट राज्यको सम्पत्ति नभएको बताए। गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति आपत्ति प्रकट गरे।
पछिल्लो समय विर्तामोड बजार विस्तार हुँदै जाँदा चिया बगानको दुरूपयोग हुन थालेको अध्यक्ष गिरीको भनाई छ । महँगो जग्गा बेचेर सस्तो जग्गा खरिद गर्ने चलखेल भएको भन्ने आरोप गलत भएको उनले बताए ।
एउटै स्थानमा लामो समयदेखि चिया बगान रहीरहेकाले माटोको उर्बराशक्ति ह्रास आउँदा चिया उत्पादन ७० प्रतिशतसम्म घटेकाले चिया मजदुरको रोजीरोटीमा समस्या थपिँदै गएको अध्यक्ष गिरीले दाबी गरे ।
Leave a Reply