सङ्खुवासभा । सङ्खुवासभाको सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको हो ।
अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो ।
मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् । उनीहरू निदाएका बेला पहिरो खसेको हो ।
जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।
Leave a Reply