Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुल्यो

    चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि एकीकृत प्रवेश परीक्षाको फारम खुलेको छ ।

    चिकित्सा शिक्षा आयोगले बुधबारबाट एकीकृत प्रवेश परीक्षाको आवेदन फारम खुला गरेको हो । आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि विद्यार्थी छनौट गर्न एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दैछ ।



    आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मा लगायतका स्नातक तहका विषयमा आवेदन माग गरेको हो ।



    आयोगले परीक्षाका लागि योग्यता पुगेका ईच्छुक व्यक्तिले बुधबार विहान १० बजे देखि आगामी १८ असार अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।

    आयोगले १८ देखि २५ असार अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिने उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार