Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिका र युरोप पठाउने भन्दै ४ करोड ३३ लाख ठगी, गड्डाचौकीबाट पक्राउ परे मुख्य नाइके

    अमेरिका र युरोप पठाउने भन्दै ४ करोड ३३ लाख ठगी, गड्डाचौकीबाट पक्राउ परे मुख्य नाइके

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 726
    SHARES

    काठमाडौं । गैरकानूनी तवरले अमेरिका पठाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

    मुख्य नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कंचनपुरको गड्डा चौकीबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का छन् । खड्काले युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैँया ठगेका थिए ।



    खड्काविरुद्ध दुर्गाबहादुर वली, कमला डाँगीलगायतले कार्यालयमा जाहेरी दिएका थिए ।

    खड्काको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

    खड्काविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ्ग कसुरको मुद्दापनि दर्ता भएको भेटिएको छ । बैकिङ्ग कसुर र ठगी मुद्दामा प्रहरीले खोज्न थालेपछि उनी पछिल्लो समय भारतमा बस्न थालेका थिए।

    काठमाडौंमा ‘हाई लिंक एजुकेशन कन्सल्टेन्सी छ’ भनेर उनले पीडितहरूबाट रकम असुल्दै आएका थिए । तर, उनले कन्सल्टेन्सी सञ्चालन गरेको नभेटिएको एसपी रेग्मीले बताए ।

    अमेरिका लैजाने लोभ देखाएर उनले पीडितहरूलाई घानासम्म लगेर अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले पीडितहरूलाई अमेरिका लैजाने भनि सिंगापुर, आइबरीपोष्ट हुँदै घानासम्म पुर्‍याएर अलपत्र पार्ने गरेको प्रहरीले जनाएको छ ।

    खड्काले काठमाडौं, कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनामा हुँदै अमेरिका, ग्रीस, क्यानेडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बिया लगायतका देशहरू समेतमा पठाउने नाममा ठगी गर्दै आएका थिए ।

    खड्काले युरोप पठाए बापत प्रतिव्यक्ति ८ देखि १० लाख सम्म रकम लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खड्कालाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार