Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

    रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 492
    SHARES

    एजेन्सी । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त भएको छ ।

    सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। सुखोई–३४ जेट ‘पाहाडी क्षेत्रमा’ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।



    प्रारम्भिक अनुसन्धान बाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।



    पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

    जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए ।

    फब्रअरी २०२२ मा युक्रेन विरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार