Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एयरपोर्टभित्रै फोहोरको डंगुर, वर्षेनी ८ करोड खर्च गर्दा समेत यो हालत (भिडियोसहित)

    एयरपोर्टभित्रै फोहोरको डंगुर, वर्षेनी ८ करोड खर्च गर्दा समेत यो हालत (भिडियोसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 771
    SHARES

    काठमाडौं । फोहोर व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हरेक वर्ष करोडौं खर्च गर्दै आएको छ ।

    काठमाडौं महानगरपालिकाको प्रमुख मेयरमा बालेन्द्र साह (बालेन) आएसँगै फोहोर व्यवस्थापन सहज बन्दै गएका बेला महानगरपालिका भित्रै रहेको विमानस्थलको अवस्था भने दयनिय बनेको छ ।



    प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालको भ्रमणका लागि आउने पर्यटकहरुलाई स्वागत गर्ने विमानस्थल नै डम्पिङ साइट बन्दा देशको इज्जतमाथि आँच आएको छ ।



    विमानस्थलको केन्द्रीय भण्डारसँगै जोडिएको ठाउँलाई डम्पिङ साइट बनाउँदा अहिले विमानस्थल नै दुर्गन्धित बनेको छ ।

    विमानस्थलको फोहोर व्यवस्थापनको जिम्मा सुनगाभा–श्रेष्ठ–सगरमाथा जेभीले पाएको छ । तीन वर्षका लागि २३ करोड ९३ लाख, ९६ हजार ६२७ रुपैयाँ ३१ पैसामा ठेक्का लिएको जेभीले फोहोर व्यवस्थापन गर्न नसक्दा विमानस्थल दुर्गन्धित बनेको हो ।

    सुनगाभा–श्रेष्ठ–सगरमाथा जेभीले २०७९ साल असोज १ गतेबाट विमानस्थलको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा लिएको हो ।

    अन्तर्राष्ट्रिय विमानस्थल दुर्गन्धित बन्दा समेत विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौला र ठेक्का लगाउने उप निर्देशक सिभिल इन्जिनियर हरी अधिकारीको अझै ध्यान जान सकेको छैन ।

    यसरी विमानस्थल भित्रै फोहोरको डंगुर हुँदा समेत विमानस्थल प्रसासन मौन बसेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नै आफन्तलाई फोहोर व्यवस्थापनको ठेक्का जिम्मा दिएकाले विमानस्थल दुर्गन्धित हुँदा समेत महाप्रवन्धक निरौलाले केही गर्न नसकेको विमानस्थलकै कर्मचारीहरु बताउँछन् ।

    गर्मीका बेला फोहोरको थुप्रोबाट निस्केको पानी र दुर्गन्धले गर्दा विमानस्थलका केही कर्मचारीहरु विरामी हुन थालेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार