Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, ६ बेपत्ता

    पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, ६ बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडाैं । कालिकोटमा बिहान गएकाे पहिराेमा पुरिएर एकै परिवारका ४ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे तिलागुफा–१ नाग्ममा बिहान पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हाे । जुम्लाबाट खटिएकाे उद्धार टोलीले घटनास्थलबाट २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकाे छ । अझै ६ बेपत्ता रहेकाे बताइएकाे छ ।

    नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ ।



    जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको बताए । खोजीमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना संलग्न छन् । नाग्म बजारमा मोबाइल नेटवर्क नहुँदा ढिलो गरी घटनाको जानकारी आएको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार