Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वीरका निर्देशकको कमाउधन्दा, निजी औषधी पसलमा लगानी (प्रमाणसहित)

    वीरका निर्देशकको कमाउधन्दा, निजी औषधी पसलमा लगानी (प्रमाणसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । भ्रष्टाचार र अनियमितताले थिलथिलो बनेको मुलुककै ठूलो र पुरानो वीर अस्पतालका निर्देशकले नै एक निजी औषधी पसलमा लगानी गरेको खुलेको छ ।

    सरकारी पद धारण गरेका, त्यसमाथि पनि मुलुककै सबैभन्दा ठूलो सरकारी अस्पतालको निर्देशक बनेका डा. सन्तोष पौडेलले नियमविपरित औषधी पसल दर्ता गरी सञ्चालन गरिरहेको खुलिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले कुनै कारबाही गर्न सकेका छैनन् ।



    अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै आफू त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका मन्त्री यादव कानून विपरित औषधी पसल सञ्चालन गर्दै आएका निर्देशक पौडेलसामु भने नीरिह बनेका छन् ।



    वीर अस्पतालका एक कर्मचारी भन्छन्–‘गलत गर्नेहरुलाई रंगेहात पक्राउ गरेर अख्तियार पठाउने र निलम्बनसम्म गर्ने चेतावनी दिएका मन्त्री यादवले निर्देशक पौडलमाथि किन एक्सन लिन सकेनन् ? प्रश्न गम्भिर छ ।’ जवकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक निर्देशक पौडेलमाथि कारबाही गर्न निर्देशन दिइसकेको छ ।

    दशौं तहका सह–प्राध्यापक वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन एवं अस्पतालका निर्देशक डा. पौडेलले अल्का हस्पिटल फार्मेसी प्रालि नामको कम्पनी खोली व्यावसाय गर्दै आएका छन् ।

    उनले व्यवसाय गरेको खुलेपछि वीर अस्पतालका कर्मचारीहरुले त्यसबारे छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयहरूमा कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

    उजुरीमा डा. पौडेल उक्त कम्पनीको सञ्चालक समिति अध्यक्ष नै रहेको र कम्पनीको विभिन्न मितिमा सम्पन्न बैठकहरुमा अध्यक्षकै हैसियतमा हस्ताक्षरसहित कार्य सञ्चालन गरिरहेको जनाइएको छ । साथै कम्पनीमा उनको नामको शेयरलगत पनि रहेको खुलेको छ ।

    कम्पनीको अद्यावधिक गर्नका लागि बुझाइएको सम्पूर्ण कागजागतमा पनि अध्यक्षकै हैसियमा उनले हस्ताक्षर गरेको देखिन्छ ।

    उजुरीमा डा. पौडेलले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को विविध नियम ११२ विपरित कार्य गरेको उल्लेख छ । त्यसैगरी निजामती ऐन २०४९ दफा ४८ (क) मा कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्टेशन वा सञ्चालनको काममा भाग लिन नहुने भन्ने उल्लेख छ ।

    उजुरीमा डा. पौडेलले गरेको कार्य निजामती सेवा नियमावली २०५० को नियम ११७, भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ विपरित रहेको उल्लेख छ । भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा गैरकानुनी व्यापार ब्यावसाय गर्ने राष्ट्र सेवकलाई आफ्नो वा अरुको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने ब्यवस्था रहेको छ ।

    त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह–प्राध्यापक (शिक्षक) पनि रहेका कारण प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ मा पनि संस्था, फर्म दर्ता गैरकानुनी रहेको उल्लेख छ ।

    कम्पनी रजिष्ट्रारको कार्यालयको कागजपत्र अनुसार डा. पौडेल अल्का हस्पिटल फार्मेसी प्रालिको शेयर सदस्य, सञ्चालक र अध्यक्ष रहेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयलाई २०७९/९/१ गते सञ्चालक र अध्यक्षको रुपमा बुझाएको प्रमाणित कागजपत्रमा सन्तोष पौडेलको अल्का हस्पिटल फार्मेसीमा शेयर संख्या कित्ता न २७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको उल्लेख गरिएको छ । जसको मूल्य ३७ लाख रहेको पनि उल्लेख छ ।

    त्यसैगरी अल्का हस्पिटल फार्मेसीले कम्पनी रजिस्ट्रार कार्यालयलाई मिति २०८०/०५/१४ गते पेस गरेको शेयर लगतमा अध्यक्ष सन्तोष पौडेल उल्लेख छ भने शेयर कित्ता नम्बरदेखि ३७००१–७४००० सम्म र ७४००१ २४८००० जम्मा ३७ हजार र ७४ हजार कित्ता सेयर रहेको उल्लेख छ ।

    अल्का हस्पिटल फार्मेसी प्रालिको २०७९ साल पौष ३ गते बसेको बैठकमा पनि पौडेलको नाम सञ्चालक तथा शेयरधनि भनेर उपस्थितिमा नाम उल्लेख गरिएको छ ।

    त्यसैगरी मिति २०८०/९/२६ गते अल्का हस्पिटल फार्मेसी प्रालिको बार्षिक साधारण सभाको माइन्युटमा समेत अध्यक्ष सन्तोष पौडेल नै रहेको उल्लेख छ । साथै उनको श्रीमती क्रान्ति बुर्लाकाेटीको नाममा समेत विभिन्न फार्मेसी र फाउण्डेसनमा सेयर रहेको पाइएको छ ।

    जवकी सन्तोष पौडेल २०७९ साल फागुन ५ गते नै वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । पौडेल आफू वीर अस्पतालको निर्देशक भएपछि पनि कानून विपरित औषधी पसल सञ्चालन गरिरहेका छन् ।

    वीर अस्पतालका कर्मचारीहरुले कानून विपरित अस्पतालका निर्देशकले औषधी पसल सञ्चालन गरिरहेको भन्दै कारबाहीको मग सहित उजुरी दर्ता गराएपछि डा. पौडेलको कर्तुतहरु बाहिर आएका हुन् ।

    कानून विपरित औषधी पसल सञ्चालन गरेको विषयमा प्रतिक्रियाका लागि डा. पौडेललाई सम्पर्क गर्दा उनको फोन उठेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार