Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्रीमण्डल विस्तार

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्रीमण्डल विस्तार

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 420
    SHARES

    कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् ।

    मुख्यमन्त्री सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३/३ जना, एकीकृत समाजवादीका एक सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।



    मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।



    त्यस्तै उनले एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले एक कार्यक्रमबिच सातै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापालाई भूमि व्यवस्था कृषि सहकारी मन्त्रीमा नियुक्त भैसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार