Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट, भने – खोजी कार्यमै छौँ

    इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट, भने – खोजी कार्यमै छौँ

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 555
    SHARES

    कैलाली । हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गरेका छन् ।

    आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला जोशी हमासको आक्रमणमा परी वेपत्ता भएका थिए ।



    भेटका क्रममा विपिनको उद्धारका लागि इजरायल सरकार निरन्तर खोजी कार्यमा लागिरहे पनि उपलब्धि नभएको तर विपिनको अवस्था एक दिन पत्ता लाग्ने र छिट्टै घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताए । इजरायलमा पुगेर बेपत्ता भएका विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य मानेको पनि राजदूत गोडरले बताए ।



    विपिन काम गर्ने कलेज र फार्मले आफ्नो तर्फबाट सेवा सुविधा र क्षतिपूर्तिको केही दिन खोजे पनि परिवारले अस्वीकार गर्दै आएको छ आइतबारको भेट परिवारका सदस्यलाई सान्त्वना दिन र इजरायलका तर्फबाट दिन खोजेको सुविधा लिइदिन अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार