Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सिन्धुली मोटरसाइकल दुर्घटना : सहायक हवल्दारको पनि उपचारका क्रममा मृत्यु

    सिन्धुली मोटरसाइकल दुर्घटना : सहायक हवल्दारको पनि उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 1.5K
    SHARES

    सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो ।



    गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो । तर उनको पनि उपचारका क्रममा मृत्यु भएको हो ।



    गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका-५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै मृत्यु भएको थियो ।

    उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निधन भएको थियो । मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार