पोखरा । उच्च अदालत पोखराले फेवातालको चार किल्ला क्षेत्रमा सुरक्षा गस्ती खटाउन परमादेश जारी गरेको छ ।
स्थानीय सुरक्षा निकाय, नगर प्रहरी र स्थानीय तहका प्रतिनिधि समेत संलग्न रहेको संयुक्त सुरक्षा गस्ती टोली बनाइ साताको कम्तीमा एकपल्ट निरीक्षण र अनुगमन गरी प्रतिवेदन पेस गर्ने प्रबन्ध मिलाउन अदालतले विपक्षीको नाममा आदेश जारी गरेको हो ।
अदालतले चारकिल्लासहित तालको सीमा क्षेत्र र समग्र प्रभावित क्षेत्रमा हुने क्रियाकलापको निरीक्षणका लागि सुरक्षा निकायलाई साप्ताहिकरूपमा निरीक्षण गर्न भनेको छ ।
“फेवातालको चारकिल्ला, यसको सिमाना र समग्र प्रभावित क्षेत्र (जलाधार क्षेत्र, बहाव क्षेत्र, ढाप क्षेत्र र सिमसार क्षेत्रसमेत) मा हुने क्रियाकलापहरूको निरीक्षण र अनुगमन गरी निरन्तररूपमा निगरानी बढाउन स्थानीय सुरक्षा निकाय, नगर प्रहरी र स्थानीय तहका प्रतिनिधिसमेत संलग्न रहेको संयुक्त सुरक्षा गस्ती टोली बनाई हप्ताको कम्तीमा एकपटक निरीक्षण र अनुगमन गरी प्रतिवेदन पेस गर्ने प्रबन्ध मिलाउनू,” आदेशमा भनिएको छ ।
अधिवक्ता मनोज घर्तीमगरले गत वर्षको जेठ १७ मा फेवातालको सिमसार क्षेत्र अतिक्रमित भएको भन्दै रिट दायर गरेका थिए ।
यस्तो छ पूर्णपाठ :
Leave a Reply