Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सुन तस्करी प्रकरण : ‘पे वेल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ

    सुन तस्करी प्रकरण : ‘पे वेल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 819
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई पक्राउ गरेको छ ।

    अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि सीआईबीले दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरेको हो ।



    सीआईबीका अनुसार पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।



    उनीहरुविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनीहरू पे वेल र सजिलो पे पनि तानिएका छन् ।

    यसअघि नेपाल राष्ट्र बैंकले यी दुवै सेवा प्रदायक कम्पनीको बैंक खाता रोक्का गरेको थियो ।

    भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिबाट भएका कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिन भइरहेको भन्दै राष्ट्र बैंकले खाता रोक्का गरेको जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार