Online Nepal
  • आइतबार, २० असोज २०८१
  • मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

    मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन्।

    प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।



    प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए।



    नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डसँगै कानुन मन्त्री पदम गिरी र दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन्।

    प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार