Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ६९ ग्राम सुनसहित चार जना पक्राउ

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ६९ ग्राम सुनसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 468
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ज्याउदिन मिया रहेका छन ।



    उनीहरुलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।



    भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार