Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • क्रोएसियासँग घरमै हार्‍यो पोर्चुगल

    क्रोएसियासँग घरमै हार्‍यो पोर्चुगल

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । पोर्चुगल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्रोएसियासँग २–१ ले पराजित भएको छ ।

    शनिबार पोर्चुगलमै भएको खेलमा पाहुना टिमलाई जित दिलाउन लुका मोड्रिच र एन्ते ब्युडिमिरले गोल गरेका हुन् ।



    घरेलु टिमका डियागो जोटाले गोल गरे । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगल मैदानमा उत्रिएको थियो ।



    नियमित कप्तान रोनाल्डो युरो–२०२४ अघि बिदा मनाउन जाँदा पोर्चुगलको कप्तानी बर्नार्डो सिल्भाले सम्हालेका थिए ।

    युरोपियन च्याम्पियनसिपअघि दोस्रो मैत्रीपूर्ण खेलमा पोर्चुगलले बुधबार आयरल्यान्डसँग खेल्ने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार