Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • आँबुखैरेनी-मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने

    आँबुखैरेनी-मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 729
    SHARES

    फाइल तस्विर

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ।

    आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ।



    उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो।



    हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार