Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • विश्वकप क्रिकेट : न्युजिल्याण्डलाई अफगानिस्तानले दियो १६० रनको लक्ष्य

    विश्वकप क्रिकेट : न्युजिल्याण्डलाई अफगानिस्तानले दियो १६० रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 480
    SHARES

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १६० रनको लक्ष्य दिएको छ ।

    प्रोभिडेन्समा जारी खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो ।



    अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो ।



    अफगानिस्तान लागतार दोस्रो जितको खोजीमा छ भने न्युजिल्याण्ड पनि पहिलो खेलमै जित निकाल्दै विश्वकप २०२४ को यात्रा सुरु गर्ने लक्ष्यमा छ ।

    समूह ‘सी’ मा अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार