Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रसंघीय कमिटीमा पुनः बन्दना राणा

    राष्ट्रसंघीय कमिटीमा पुनः बन्दना राणा

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 462
    SHARES

    न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी सिडको सदस्यमा पुनः निर्वाचित भएकी हुन् ।

    शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।



    नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए ।



    २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । समितिको कार्यालय जेनेभामा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार