Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भाजपा सांसद कंगनालाई थप्पड हान्ने सुरक्षाकर्मी कौर निलम्बन

    भाजपा सांसद कंगनालाई थप्पड हान्ने सुरक्षाकर्मी कौर निलम्बन

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन् ।

    सुरक्षाकर्मी कुलविन्दर कौरले चण्डीगढ विमानस्थलमा रनावतमाथि बिहीबार थप्पड हानेकी थिइन् । हिमाचल प्रदेशको मन्दी क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएकी कंगना नयाँ दिल्ली जान विमानस्थल पुगेकी थिइन् ।



    त्यही बेला सुरक्षाकर्मी कौरले रनावतमाथि थप्पड हानेको आरोप छ। सांसदमाथि थप्पड हानेको आरोपमा कौरलाई निलम्बनसमेत गरिएको छ।



    उनीविरूद्ध एफआइआरपनि दर्ता भएको बताइएको छ । नयाँ दिल्लीमा भएको किसान आन्दोलन हुँदा रनावतले किसानको अपमान गरेको भन्दै सुरक्षाकर्मी कौरले थप्पड हानेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार