Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिने फन्दामा

    अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिने फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं। अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा प्रहरीले बुढिगंगा गाउँपालिका-३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको छ ।

    गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको वताएका थिए। उनले अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै गत शुक्रवार र शनिबार अपहरणकारीले आफूलाई लाहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।



    सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका-३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकम सहित पक्राउ गरेको थियो ।



    मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको वयान दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।मुकेश कुमारले ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको वताएका थिए

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार