एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पाटीमाथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा अदालतले गान्धीलाई जमानत दिएको छ ।
काङ्ग्रेस नेता गान्धीले सत्तारुढ भाजपाका सदस्यहरूद्वारा ल्याइएका थुप्रै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको हो ।
गत वर्ष मानहानिको मुद्दामा दोषी ठहर भएपछि राहुललाई केही समयका लागि संसद् सदस्यका लागि अयोग्य घोषित गरिएको थियो ।
मोदी सरकारद्वारा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्ने मुद्दाहरूमा आपराधिक कार्यवाहीको सामना गर्ने धेरै शीर्ष विपक्षी नेताहरूमध्ये राहुल पनि एक थिए।
राहुलले उक्त अभियोगमा हिरासत जीवन बस्नुपरेको भने थिएन । कर्नाटक राज्यका अन्य दुई वरिष्ठ काङ्ग्रेस नेतालाई गत हप्ता नै जमानत दिइएको थियो ।
राहुललाई गत वर्ष सन् २०२३ मा गुजरातको एउटा छुट्टै मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो तर भारतको सर्वोच्च अदालतमा अपिलमाथि सुनुवाई गर्दै राहुललाई जेल बस्नु नपर्ने फैसला आएको थियो।
यद्यपि उक्त सजायले विपक्षी नेतालाई संसदबाट केही समयका लागि अयोग्य घोषित गर्न बाध्य बनाएको थियो तर सर्वोच्च अदालतको फैसलापछि उहाँविरूद्धको आरोप निलम्बन भएको र संसद् सदस्यका रूपमा पुनः स्थापित भएको थियो ।
मोदी र भाजपाले राष्ट्रव्यापी चुनाव जितेको केही दिनपछि शुक्रबार उक्त मुद्दाको फैसला आएको हो । कम बहुमतका कारण भाजपाले गठबन्धन साझेदारसँग निर्भर हुन बाध्य भएको छ ।
Leave a Reply