Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • पक्राउ परेका विद्यार्थीहरुलाई छाड्न माग गर्दै विराटनगरमा प्रदर्शन

    पक्राउ परेका विद्यार्थीहरुलाई छाड्न माग गर्दै विराटनगरमा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 495
    SHARES

    मोरङ । मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

    नगर प्रहरी र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।



    बिहीबार दिउँसो रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार विद्यार्थीले दुर्व्यवहार गरेका थिए।



    विद्यार्थीले आक्रमण गर्दा ४ जना नगरप्रहरी सामान्य घाइते भएका थिए ।

    आक्रमण र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य सदस्य दीपक यादवसहित ६ जनालाई पक्राउ गरेको थियो।

    उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी छ । तर, पक्राउ परेकालाई विनासर्त छाड्न माग गर्दै विद्यार्थीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार