Online Nepal
  • आइतबार, २० असोज २०८१
  • काम गरेर प्रदेश सरकारको औचित्य स्थापित गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काम गरेर प्रदेश सरकारको औचित्य स्थापित गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 315
    SHARES

    फाइल तस्विर

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरूले प्रदेशलाई तारो बनाइरहेको बताएका छन् ।

    बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिरहेको बताए। प्रधानमन्त्री प्रचण्डले काम गरेर प्रदेश सरकारको औचित्य स्थापित गर्नुपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ। यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरूको आक्रमणको तारो प्रदेश भएको छ।’

    प्रदेशको आवश्यकता छैन, बेकार खर्च मात्रै भन्ने खालको जनताका कन्फ्युजन क्रिएट गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    हाम्रो कोशिस सकेसम्म प्रदेशलाई बलियो बनाएर स्थानीय तहलाई बलियो बनाउने रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार